२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आजको राशिफल : २०८३ असोज ५ गते (सोमबार)


सञ्चार डबली
  • सोमबार, असोज ५ २०८३
  • 2.0K
    SHARES

  • images
    आजको राशिफल : २०८३ असोज ५ गते (सोमबार)

    मेष : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा उदय हुनेछ। शिक्षामा प्रगति हुने योग छ। परिवारसँग रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। जग्गाको कारोबारमा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    वृष : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। दाजुभाइको साथ र सहयोग प्राप्त होला। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। निजी क्षेत्रको शिक्षामा लगानीका लागि हिम्मत गर्नुपर्ने दिन छ।

    मिथुन : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेत सफल बन्नेछ। स्वास्थ्यमा समस्या हुनेछ। राजनीतिक क्षेत्रमा संकटको सामना गर्नुपर्ने दिन छ। परिवारमा थोरै बोल्नु उचित हुन्छ।

    कर्कट : उत्तम दिन छ  तपाईंको बोलीले काम बन्नेछन्। स्वास्थ्यमा समस्या भए सुधारका संकेत देखिनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ। पारिवारिक  मेलमिलाप हुनेछ ।

    सिंह : दिन राम्रो छ। अरुको विवादले तपाईंलाई नाफा हुनेछ। जग्गाको कारोबारमा लाभ होला। राजनीतिक क्षेत्रमा सहयोग मिल्नेछ। विपक्षीसँगै परिवारको साथ र सहयोग मिल्नेछ।

    कन्या : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। अग्रजसँग परामर्श गरेर काम गर्दा मन हलुका हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    तुला : दिन सामान्य छ। दैनिक काममा अवरोध देखिने छ। साथीभाइले विरोध गर्नेछन्। संकटमा परिवारको साथ मिल्नेछ। स्वास्थ्य र शिक्षामा थप मिहिनेतको खाँचो देखिन्छ।

    वृश्चिक : दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। व्यापारमा नाफा हुनेछ। बौद्धिक साथीहरू विपक्षी कित्तामा पुगेकाले व्यवहार गर्दा सचेत बन्नु पर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    धनु : दिन राम्रो छ। सम्पत्ति बढ्नेछ। शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ। साथीको साथ मिल्नेछ। राजनीतिक क्षेत्रमा उच्च व्यक्तिको आर्शिवाद पाइने छ। सेवाका अवसरको सदुपयोग गर्नु उचित हुन्छ।

    मकर : दिन राम्रो छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। विपक्षी बौद्धिक भएकाले काम गर्दा सचेत बन्नुपर्ने देखिन्छ। शिक्षामा पहुँच विस्तार हुनेछ। व्यापारमा नाफा होला। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

    कुम्भ : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रामा समय खर्च नगर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। धार्मिक कार्यमा सहभागी भएर काम सुरु गरेमा फाइदा हुनेछ।

    मीन : शुभ दिन छ । सानो कुराले मन प्रशन्न हुनेछ। आज सोचेका काम बन्नेछ । अग्रजको सम्मान गर्दा फाइदा हुनेछ ।  राजनीतिक क्षेत्रमा सोचेको काम बन्नेछ। परिवारको साथ लिएर अगाडि बढ्नु उचित हुन्छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend