२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

गोरखामा जिप दुर्घटना हुँदा ८ जना घाइते


सञ्चार डबली
  • आइतबार, असोज ४ २०८३
  • 1.8K
    SHARES

  • images
    गोरखामा जिप दुर्घटना हुँदा ८ जना घाइते

    गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङस्थित भित्री सडकखण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

    आइतबार बिहान भच्चेकबाट चित्रेपोखरीतर्फ आउँदै गरेको ग १ ज ६३८९ नम्बरको महेन्द्र जिप ब्रेक फेल भएर सडकको नालीमा खसेर भित्तामा ठोक्किएको थियो ।

    सिराँचोक गाउँपालिका–७ सिम्लेका बासिन्दा विकास गुरुङले चलाएको ग १ ज ६३८९ नम्बरको महिन्द्रा जीप भच्चेकबाट चित्रेपोखरीतर्फ आउँदै गर्दा थालाजुङस्थित सडकखण्डमा सडकको नालामा खस्दै भित्तामा ठोक्किएको थियो। दुर्घटनाको समयमा जीपमा चालकसहित जम्मा नौ जना सवार रहेका थिए।

    दुर्घटनामा घाइते हुनेहरूमा सिरानचोक–२ काउँलेकी ८१ वर्षीया लालमाया गुरुङ जीपमा च्यापिएकी थिइन् र उनी बोल्न नसक्ने अवस्थामा गम्भीर रहेकी छन्। त्यसैगरी सिरानचोक –७ की ६८ वर्षीय कमलबहादुर घिमिरेको हात र खुट्टामा चोट लागेको र उनी पनि बोल्न नसक्ने गम्भीर अवस्थामा रहेका छन्।

    जिपमा चालकसहित ९ जना सवार थिए। दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि प्रदेश अस्पताल आँपपिपल, गोरखा पठाइएको प्रहरीले जनाएको छ ।।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend