काठमाडौं । काठमाडौं टंगाल स्थित भाट-भटेनी सुपर स्टोर २०८३ साल असोज ०५ गते सोमबार देखि औपचारिक रूपमा पुनः सञ्चालनमा आऊने जानकारी गराउन पाउँदा हामीलाई अत्यन्त खुशी लागेको छ।
उक्त स्टोर भोलीदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने ब्यहोरा भाटभटेनी सुपर मार्केटका प्रमुख संचालन अधिकृत पानु पौडेलले जानकारी दिनुभयो ।
यति ठूलो क्षति बेहोर्दा पनि कम्पनीले आफ्नो व्यावसायिक गतिविधि तथा कर्मचारीप्रतिको जिम्मेवारीलाई बेवास्ता गरेन । भाटभटेनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीको रोजगारीमा हामीले असर पर्न दिएनौँ ।
कर्मचारीलाई रोजगारीबाट अलग गरेनौँ, गत बर्ष भदौ २४ लगत्तैको दसैंमा प्राप्त गर्ने बोनससमेत कटौती नगरी पुनः सञ्चालन भएका स्टोरहरुमा उनीहरुको भूमिकालाई निरन्तरता दिँदै आयौँ ।
मनमा पीडा थियो, आँखामा आँसु थियो, आँखै अगाडिका स्टोरमा आगो बलिरहेका थिए तर पनि हामीले राज्यप्रतिको दायित्व बिसिएनौँ, कर्मचारीप्रतिको दायित्व, भूकम्प, कोभिडलगायतका बेला भाटभटेनीले पुर्याएको योगदान सम्झियौँ । र, हामी एउटा निष्कर्षमा पुग्यौँ–खरानीबाट फेरि उठ्ने छौँ । तातो खरानी, तातो फलाम, तातो इँटा पन्छाएर एक हप्ताभित्रै काम थाल्यौँ ।
आगजनीको पाँच महिनामा पूर्णरुपमा जलेको कोटेश्वरस्थित स्टोर सञ्चालनमा ल्यायौँ । क्रमीक रूपमा विस्तारै जलेका भवन ठड्याउँदै एक पछी अर्को गरी अहिलेसम्म हामीले आगजनीले ध्वस्त भएका १२ मध्ये दसवटा स्टोर पुनःसञ्चालनमा ल्याउन सफल भएका छौँ ।
यस अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाहरूको निरन्तर साथ, सहयोग र विश्वासप्रति हामी हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा समेत यहाँहरूको साथ रहने अपेक्षा राख्दछौं।
बाँकी रहेका दुईवटा स्टोर पनि पुनःनिर्माणको अन्तिम चरणमा रहेकाले छिट्टै पुनःसञ्चालनमा आउनेछन् भन्ने विश्वास लिएका छौँ ।दमक र हेटौंडाका स्टोरहरूमा आवश्यक संरचनागत काम, उपकरण व्यवस्थापन, आन्तरिक निर्माणको काम जारी छ ।
यी स्टोरबाट पनि छिटो ग्राहक सेवा पुनः सञ्चालन गर्ने कम्पनीको लक्ष्य रहेको छ । पुनःनिर्माणमा गुणस्तर र दीर्घकालीन सञ्चालनलाई समेत ध्यानमा राखिएको छ ।
पूर्णरूपमा आगजनी भएका स्टोरहरूको पुनःनिर्माण स्वाभाविक रूपमा ठूलो समय, स्रोत तथा लगानी आवश्यक पर्ने प्रक्रिया भए पनि चौबीसै घण्टा कामलाई निरन्तरता दिएर ग्राहकलाई पुनः सेवा उपलब्ध गराउन सफल भयौँ ।
काठमाडौंमा सञ्चालनको तयारीमा रहेको बाल अस्पतालका लागि दिने भनेको सहयोग पनि दिएर सञ्चालनमा ल्याउन पाउँदा हामीलाई निकै खुसी लागेको छ । त्यस अस्पतालका लागि भाटभटेनीले ७१ करोड बढी रकम खर्च गरेको छ । नेपाली बालबालिकाले एउटै भवनमा अन्तर्राष्ट्रिय स्तरको उपचार सुविधा प्राप्त गरुन् भन्ने हाम्रो उद्देश्य थियो ।
ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता यथावत् रहेको व्यहोरा समेत जानकारी गराइन्छ।
यस अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाहरूको निरन्तर साथ, सहयोग र विश्वासप्रति हामी हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा समेत यहाँहरूको साथ रहने अपेक्षा राख्दछौं।
हाम्रो दुःखमा साथ दिने सम्पूर्ण सहयोगी हातहरु, चौबीसै घण्टा खटेर पुनःनिर्माणको काममा साथ दिने कर्मचारीवर्ग, स्टोर पुनःसञ्चालनको पर्खाइमा बस्नुभएका भगवान् रुपी ग्राहकप्रति हामी नमन गर्न चाहन्छौँ ।



