२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सामसङ नेपालको दशैं तिहार अफर : क्यासब्याकदेखि लक्की ड्रसम्म


सञ्चार डबली
  • आइतबार, असोज ४ २०८३
  • 1.2K
    SHARES

  • images
    सामसङ नेपालको दशैं तिहार अफर : क्यासब्याकदेखि लक्की ड्रसम्म

    काठमाडौं । सामसङ नेपालले दशैं–तिहारलाई लक्षित गर्दै टेलिभिजन तथा घरायसी उपकरण खरिदमा ग्राहकलाई क्यासब्याक, निश्चित उपहार र पुरस्कार जित्ने अवसरसहितको विशेष योजना सार्वजनिक गरेको छ।

    सामसङले ‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा’ नामक योजना सार्वजनिक गरेको हो । यो योजना सेप्टेम्बर २० देखि नोभेम्बर १६ सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। योजनाअन्तर्गत सामसङका टेलिभिजन, फ्रिज, लुगा धुने मेसिन तथा वातानुकूलित उपकरण खरिद गर्ने ग्राहकले खरिद दर्ता गरी पुरस्कार योजनामा सहभागी हुन सक्नेछन्।

    कम्पनीका अनुसार योजनाअन्तर्गत दैनिक ३१ जना विजेता छनोट गरिनेछ। दैनिक विजेतामध्ये प्रत्येकले सामसङको ९ किलो क्षमताको अगाडिबाट चल्ने लुगा धुने मेसिन वा ५५ इन्चको उच्च गुणस्तरको टेलिभिजनमध्ये एक पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, प्रत्येक साता आठ जना विजेता छनोट गरिनेछ र उनीहरूले एक टन क्षमताको एसी प्राप्त गर्ने मौका पाउनेछन्।

    पुरस्कार योजनामा सहभागी हुन ग्राहकले योजनाको अवधिमा सामसङको टेलिभिजन, फ्रिज, लुगा धुने मेसिन वा वातानुकूलित उपकरण खरिद गर्नुपर्नेछ। खरिद गरिएको उपकरणको पछाडि टाँसिएको स्टिकरमा रहेको १४ अंकको क्रमाङ्क प्रयोग गरी ‘क्बmकगलन’ लेखेर त्यसपछि क्रमाङ्क राखी ३७२७३ मा सन्देश पठाउनुपर्ने कम्पनीले जनाएको छ। सन्देश पठाएपछि ग्राहकले तत्कालै सन्देशमार्फत आफ्नो दर्ता पुष्टि प्राप्त गर्नेछन्।

    कम्पनीका अनुसार पुरस्कार विजेताको घोषणा प्रत्येक बुधबार इमेज च्यानलबाट प्रसारण हुने ‘म्युजिक अफ योर च्वाइस’ कार्यक्रममा गरिनेछ। विजेताको विवरण स्मार्ट प्लाजा र बिग डिजिटलको सामाजिक सञ्जाल पृष्ठमार्फत समेत सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

    पुरस्कार योजनासँगै ग्राहकले छनोट गरिएका सामसङका टेलिभिजन तथा घरायसी उपकरणमा थप क्यासब्याक र उपहारसमेत प्राप्त गर्न सक्नेछन्। कम्पनीका अनुसार टेलिभिजनमा अधिकतम २६ प्रतिशतसम्म, फ्रिजमा २१ प्रतिशतसम्म र लुगा धुने मेसिनमा १८ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ।

    त्यस्तै, पुराना उपकरण साटेर नयाँ उपकरण खरिद गर्ने ग्राहकले फ्रिजमा अधिकतम पाँच हजार रुपैयाँ र लुगा धुने मेसिनमा अधिकतम तीन हजार रुपैयाँसम्म अतिरिक्त सट्टापट्टा सुविधा प्राप्त गर्न सक्नेछन्। छनोट गरिएका टेलिभिजन मोडलमा निःशुल्क ध्वनि प्रणाली तथा १२ महिनासम्म निःशुल्क इन्टरनेट टेलिभिजन प्याकेजसमेत उपलब्ध हुने कम्पनीले जनाएको छ। छनोट गरिएका लुगा धुने मेसिनका मोडल खरिद गर्दा ६ किलो सर्फ एक्सेल म्याटिक डिटर्जेन्ट निःशुल्क उपलब्ध गराइनेछ।

    ग्राहकलाई उपकरण खरिदमा सहजता प्रदान गर्न सामसङले किस्ताबन्दी भुक्तानीको सुविधासमेत उपलब्ध गराएको छ। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत सञ्चालन हुने सामसङ इन्स्टा फाइनान्स सेवाबाट ग्राहकले १२ महिना वा २४ महिनाको किस्ताबन्दी योजनामा सामसङका उपकरण खरिद गर्न सक्नेछन्।

    नयाँ सामसङका घरायसी उपकरणमा साट्न चाहने ग्राहकले आर्कोस्टोर वा नेपालभर रहेका सामसङका अधिकृत खुद्रा विक्रेतामार्फत पुराना उपकरण साट्न सक्ने कम्पनीले जनाएको छ

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend