२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

रियादमाथि हुथीको क्षेप्यास्त्र प्रहार हुँदा साउदीले आकाशमै नष्ट गर्यो


सञ्चार डबली
  • आइतबार, असोज ४ २०८३
  • 1.7K
    SHARES

  • images
    रियादमाथि हुथीको क्षेप्यास्त्र प्रहार हुँदा साउदीले आकाशमै नष्ट गर्यो

    काठमाडौँ । यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको क्षेप्यास्त्र साउदी वायुसेनाले आकाशमै नष्ट गरेको जनाएको छ ।

    क्षेप्यास्त्र प्रहारको केही समयअघि रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलनजिक इन्धन भण्डारण केन्द्रमा आगलागी भएको थियो । अग्निनियन्त्रकहरूले आगो नियन्त्रणमा लिएका छन् ।

    हुथीले रियादसहित साउदी अरबका विभिन्न स्थानमा क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गरेको दाबी गरेको छ । साउदी पक्षले भने तीमध्ये अधिकांश आक्रमण आफ्नो हवाई प्रतिरक्षा प्रणालीले विफल पारेको जनाएको छ ।

    आक्रमणपछि रियादमा हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो भने विमानस्थलको उडान सेवामा केही समय अवरोध देखिएको थियो । पछिल्लो घटनाले साउदी अरब र हुथीबीचको तनाव थप बढेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend