२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एमालेको पुनर्गठन कार्यदल र सचिवालय बैठक आज बस्दै


सञ्चार डबली
  • आइतबार, असोज ४ २०८३
  • 902
    SHARES

  • images
    एमालेको पुनर्गठन कार्यदल र सचिवालय बैठक आज बस्दै

    काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बस्दैछ । बैठक आज बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्न लागेको हो । 

    पार्टी पुनर्गठनको बहस चलिरहेका बेला नेतृत्वबीच सहमति जुट्न नसकेपछि एउटै प्रतिवेदन तयार पार्ने उद्देश्यले बैठक बोलाइएको बताइएको छ । 

    यसअघि महासचिव शंकर पोखरेल र उपाध्यक्ष रामबहादुर बादलले अलग अलग प्रतिवेदन तयार गरेपछि विवाद बढेको छ । अघिल्लो साता आवासीय बैठक बसेर दुवै प्रतिवेदनलाई एक बनाउने प्रयास गरिएको भएपनि नेताहरुबीच सहमति हुन नसकेपछि अध्यक्ष केपी ओलीको निर्देशनमा नेता प्रदीप ज्ञवालीले अलग्गै प्रतिवेदन तयार गरेको बुझिएको छ । ज्ञवालीको प्रतिवेदन आजको बैठकमा पेश हुने बताइएको छ ।

    आज कार्यदल बैठकपछि दिउँसो १ बजे सचिवालय बैठक बस्नेछ । सचिवालयले भोलिदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ । केन्द्रीय कमिटी बैठक असोज ५ देखि ७ गतेसम्म ललितपुरको भैँसेपाटीमा बस्ने तयारी छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend