२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सरकार संविधानको मर्म र भावनाप्रति पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री बालेन


सञ्चार डबली
  • शनिबार, असोज ३ २०८३
  • 1.2K
    SHARES

  • images
    सरकार संविधानको मर्म र भावनाप्रति पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री बालेन

    काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले वर्तमान सरकार विद्यमान संविधानप्रति पूर्ण रूपमा निष्ठावान् रहेको स्पष्ट पारेका छन्।

    संविधान दिवसको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले सरकार संविधानको अक्षर र भावना दुवैलाई अक्षरसः पालना गर्न प्रतिबद्ध रहेको बताए।

    "यो सरकार संविधानको अक्षर र मर्म दुवैप्रति पूर्ण रूपमा समर्पित छ," उनले भने। संविधान आफैँमा जतिसुकै उत्कृष्ट भए पनि त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व इमानदार र निरन्तर क्रियाशील नभए त्यो केवल कागजको खोस्टोमा सीमित हुने चेतावनी उनले दिए।

    उनले अगाडि थपे, "हामीले एउटा कुरा सधैँ याद राख्नुपर्छ— संविधान जतिसुकै राम्रो भए पनि यसलाई चलाउने हातहरू इमानदार भएनन् भने यसको कुनै अर्थ रहँदैन।"

    आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री बालेनले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि सरकारले जोडदार कदम चालिरहेको दाबी गरे। भ्रष्टाचार र दण्डहीनताको जरा निकै गहिरो भए तापनि त्यसलाई निर्मूल पार्न सरकार दृढ रहेको उनले स्पष्ट पारे।

    "यो केवल सुरुवात हो, अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनताको जरा जतिसुकै गहिरो भए पनि त्यसलाई उखेलेरै छाड्ने हातहरू बलिया र पर्याप्त छन्," प्रधानमन्त्री बालेनले भने।

    समृद्धिका लागि सुशासन अनिवार्य सर्त भएको उल्लेख गर्दै उनले प्रशासनिक संरचनालाई चुस्त-दुरुस्त बनाउने र भ्रष्टाचारविरुद्ध 'शून्य सहनशीलता' (Zero Tolerance) को नीति अवलम्बन गरिएको जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend