प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पहेंलो गुम्बामा आवश्यक ६ थान दुई तल्ले खाट (द्यगलप द्यभम) हस्तान्तरण गरेको छ ।
देशमा आएको प्राकृतिक प्रकोप तथा बाढीका कारण उक्त गुम्बामा आश्रित परिवारहरुको तत्कालिन आवश्यकतालाई मध्यनजर गर्दै बैंकले काठमाडौं स्थित पहेंलो गुम्बामा थप सहयोग स्वरुप ६ थान दुई तल्ले खाट (द्यगलप द्यभम) उपलब्ध गराएको हो ।
यस अघि पनि विनाशकारी बाढीका कारण प्रभावित तथा घरवार विहिन भएका परिवारहरुलाई राहत सहयोग अन्तर्गत रु. २ करोड ११ लाख ११ हजार १११ सय साथै प्रभु बैंकका संचालक तथा कर्मचारीहरुले स्वेच्छिक रुपमा संकलन गरेको रु. ४० लाख ८० हजार ५० पचास रुपैया प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा सहयोग गरिसकेको छ ।
त्यसैगरी बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकले थप सहयोग स्वरुप १०० थान टेन्ट तथा १०० थान स्लिपिङ्ग व्याग समेत आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेको थियो ।
प्रभु बैंकले विपद्को यस कठिन घडिमा प्रभावित नागरिक तथा समुदायको राहत उद्धार र पुनस्र्थापनाका प्रयासमा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्घता दिएको छ ।



