२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट आज ३० अर्ब तान्दै


सञ्चार डबली
  • शुक्रबार, असोज २ २०८३
  • 1.0K
    SHARES

  • images
    राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट आज ३० अर्ब तान्दै

    काठमाडौं । बैंकिङ प्रणालीमा तरलता बढी भएपछि नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ तरलता प्रशोधन गर्ने भएको छ ।

    राष्ट्र बैंकले २८ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको हो ।

    यसका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल हुनेछ । बैंक तथा वित्तीय संस्थाले कम्तीमा १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन् । आवेदन रकम १० करोड रुपैयाँले भाग जाने अंकमा हुनुपर्नेछ ।

    निक्षेप संकलनको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन् ।

    रकम बाँडफाँड गर्दा बैंक तथा वित्तीय संस्थाले प्रस्ताव गरेको सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिइनेछ । त्यसपछि क्रमशः बोलकबोलका आधारमा ३० अर्ब रुपैयाँसम्म रकम बाँडफाँड गरिनेछ ।

    समान ब्याजदरमा आएको बोल रकम कुल ३० अर्ब रुपैयाँभन्दा बढी भएमा त्यस्तो रकम अनुपातका आधारमा (प्रोराटा) बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।

    यस उपकरणको भुक्तानी मिति असोज ३० गते तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend