२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपाल राष्ट्र बैंकले ५० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्यायाे


सञ्चार डबली
  • शुक्रबार, असोज २ २०८३
  • 1.5K
    SHARES

  • images
    नेपाल राष्ट्र बैंकले ५० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्यायाे

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ बैंक नोट आजदेखि चलनचल्तीमा ल्याएको छ ।

    राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले साविककै आकार र रङमा नयाँ विशेषतासहितको ५० रुपैयाँको नोट बजारमा ल्याएको हो । नयाँ नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ ।

    राष्ट्र बैंकका अनुसार नयाँ नोटको संकेत नम्बर ट/२४ ०००००१ देखि ण/७० ९९९९९९ सम्म रहेको छ । नोटको अग्रभागको मध्य भागमा नेपाल सरकारको जमानत प्राप्त भुक्तानीसम्बन्धी प्रतिज्ञामूलक वाक्यांश राखिएको छ ।

    नोटको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप राखिएको छ । पानी छापको मुनि ‘५०’ अंकसमेत रहेको छ। नोटको तल्लो भागमा ‘वि.सं. २०८२’ उल्लेख गरिएको छ ।

    नोटमा १.२ मिलिमिटर चौडा सुरक्षण धागो राखिएको छ । नोटलाई प्रकाशतर्फ फर्काएर हेर्दा उक्त धागो स्पष्ट देखिन्छ र त्यसमा ‘NRB’ लेखिएको हुन्छ ।

    नोटको पृष्ठभागको मध्य भागमा हिउँ चितुवाको चित्र राखिएको छ। त्यसको माथि अंग्रेजीमा ‘NEPAL RASTRA BANK’ लेखिएको छ । पृष्ठभागको तल्लो भागमा ‘RUPEES FIFTY’ र ‘2025 A.D.’ उल्लेख गरिएको छ ।

    राष्ट्र बैंकले नयाँ नोटसँगै यसअघि चलनचल्तीमा रहेका ५० रुपैयाँ दरका नोट पनि प्रयोग गर्न सकिने जनाएको छ । साथै, बैंकनोट राष्ट्रको सम्पत्ति भएकाले यसको जतन गरेर प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend