२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सिद्धार्थ बैंकको लाभांश घोषणा, नगद र बाेनस शेयर कति ?


सञ्चार डबली
  • शुक्रबार, असोज २ २०८३
  • 374
    SHARES

  • images
    सिद्धार्थ बैंकको लाभांश घोषणा, नगद र बाेनस शेयर कति ?

    काठमाडौँ / सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना साधारण शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    बैंक सञ्चालक समितिको २०८३ असोज १ गते बसेको ४८२औं बैठकले साधारण शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

    प्रस्तावित नगद लाभांशमा बोनस शेयर तथा नगद लाभांश कर प्रयोजनका लागि समेत समावेश गरिएको छ ।

    त्यस्तै, बैंकले अग्राधिकार शेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । अग्राधिकार शेयरको लाभांश शेयर बाँडफाँड भएको मितिदेखि २०८३ असार मसान्तसम्म ८.२५ प्रतिशतका दरले हुन आउने नगद लाभांश करसहित समानुपातिक रूपमा प्रदान गरिने बैंकले जनाएको छ ।

    साधारण शेयरतर्फ बैंकको हाल कायम चुक्ता पुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँमा १० प्रतिशत बराबर १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँको बोनस शेयर प्रस्ताव गरिएको छ । सोही रकम अर्थात् १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ बराबरको १० प्रतिशत नगद लाभांश पनि प्रस्ताव गरिएको छ ।

    यसैगरी, ३ अर्ब ५० करोड रुपैयाँ बराबरको अग्राधिकार शेयरमा ८.२५ प्रतिशतका दरले १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँ नगद लाभांश प्रस्ताव गरिएको छ । उक्त लाभांश शेयर बाँडफाँड भएको मितिदेखि समानुपातिक रूपमा प्रदान गरिनेछ ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि तथा बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिने बैंकले जनाएको छ ।

    बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ११ करोड रुपैयाँ अर्थात् ३.३२५ प्रतिशतले वृद्धि हो ।

    प्रतिकूल बजार अवस्थाका बाबजुद बैंकले निष्क्रिय कर्जाको अनुपात ३.५२५ प्रतिशतमा सीमित गर्न सफल भएको जनाएको छ ।

    २०८३ असार मसान्तमा बैंकको चुक्ता पुँजी १४ अर्ब ७९ करोड रुपैयाँ र अग्राधिकार शेयर ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोष १८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने नेटवर्थ ३६ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।

    बैंकको नेटवर्थ अघिल्लो आर्थिक वर्षको तुलनामा ५ अर्ब ९१ करोड रुपैयाँले वृद्धि भएको हो । आर्थिक वर्ष २०८२/८३ मा बैंकको नेटवर्थ प्रतिशेयर २२४.८९ रुपैयाँ रहेको छ, जुन अघिल्लो आर्थिक वर्षमा २१९.७७ रुपैयाँ थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २.३३ प्रतिशत वृद्धि हो ।

    त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी २२.७८ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी २२.७६ रुपैयाँ रहेको बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend