काठमाडौं । नेकपा एमालेकी सांसद यशुदा कुमारी बराल ग्यास अभावले जनता भोकै पर्न थालेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै ग्यासको व्यवस्थापनमा सरकारको ध्यान छ कि छैन ? भन्दै प्रश्न गरिन्।
उनले भनिन्, ‘जनता भोकमरीमा पर्न थाले, हिटलरले ग्यास च्याम्बरमा मान्छे हालेर मारेको थियो, बालेन्द्र सरकारले जनतालाई भोकै मार्न थालेको हो? निरङ्कुशता शैली हो? किन आएन ग्यास? बजारमा किन महँगी भयो? किन जनताहरू भोकमा छन् भन्ने कुराहरू किन सरकारले जवाफदेही हुँदैन?’
हिजो नैतिकताको कुरा गर्नेहरूले सरकारमा पुगेपछि आफ्नो नैतिकता भूलेको टिप्पणी गरिन् । उनले थपिन्, ‘अर्को लज्जास्पद कुरा एमालेले ग्यास लुकायो रे, त्यो सरकारबाटै लेखाइएको हो? कि त एमालेले लुकाएको हो भने त्यो एमालेलाई कारबाही होस्। हैन भने कसले लेखायो मिडिया र सम्बन्धित निकायलाई कारबाही होस्।’



