२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आज २०८३ साल असोज १ गते बिहीबारको राशिफल


सञ्चार डबली
  • बिहीबार , असोज १ २०८३
  • 2.2K
    SHARES

  • images
    आज २०८३ साल असोज १ गते बिहीबारको राशिफल

    काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६ सेप्टेम्बर १७ तारिख। भाद्र शुक्ल पक्षको षष्ठी तिथि। विश्वकर्मा पूजा, कन्या संक्रान्ति, वास्तु दिवस, राष्ट्रिय विज्ञान दिवस र विश्व बिरामी सुरक्षा दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। 

    मेष : दिन सामान्य  राम्रो  छ । साना कुराले मन अशान्त बन्नेछ। शरीरमा कष्ट हुनेछ। थोरै बोल्नु उचित हुनेछ। संकटमा परिवारको भने साथ र सहयोग प्राप्त हुनेछ।

    वृष : दिन राम्रो छ। धन प्राप्त हुनेछ। व्यापारमा सन्तुष्टि मिल्नेछ। परिवारमा सहकार्य हुनेछ। सहकर्मीको साथ मिल्नेछ। नजिकैको सुखद् यात्राको सम्भावना रहेको छ।

    मिथुन : आज सोचेर बोल्नुपर्ने  दिन  छ ।  व्यापारमा घाटा हुनेछ। परिवारसँग झगडा हुने जोखिम छ। मनमा असन्तुष्टि बढ्नेछ। दाम्पत्य जीवन भने सुखमय बित्नेछ। प्रेममा सफलता प्राप्त होला।

    कर्कट : दिन राम्रो छ। पढाइ र प्रेममा सफलता प्राप्त हुनेछ। रचनात्मक कलाकारितामा मन जानेछ। लगानी गरेको भए फाइदा हुनेछ। सन्तानको व्यवहारबाट मन शान्त बन्नेछ।

    सिंह : दिन सामान्य छ। खर्च बढ्नेछ । सानो कुराले मन अशान्त बन्ने जोखिम छ। निराशा बढ्नेछ। साथीसँग विवाद नगरी सहकार्य गर्नु ठिक हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

    कन्या : दिन सामान्य छ। पशुधनमा फाइदा छ । नयाँ संकटमा आफन्त र साथीबाट सहयोग मिल्नेछ। विज्ञको सुझाव लिएर अगाडि बढ्नु राम्रो होला। मनको कुरा नलुकाइ काम गर्नु उचित हुनेछ।

    तुला : दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। बोल्दा सचेत बन्नुपर्नेछ। परिवारसँग बसेर रमाइलोसँग दिन बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    वृश्चिक : उत्तम दिन छ। आज गरेका काम सहजै बन्नेछन्। मन शान्त बन्नेछ। परिवारको साथ मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

    धनु : दिन सामान्य राम्रो छ। साथीको साथ मिल्नेछ। परिवारको साथमा गरेको काममा सफलता प्राप्त होला। शिक्षा क्षेत्रको अध्ययनले सन्तुष्टि प्राप्त हुनेछ। समाज र राजनीतिक क्षेत्रमा सहयोगी भेटिने छन्।

    मकर : दिन राम्रो छ। मन प्रशन्न रहनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। रोग नियन्त्रण हुनेछ। लगानी परिवारको तर्फबाट गर्दा फाइदा हुनेछ।

    कुम्भ : शुभ दिन छ। नयाँ कामको  अवसर मिल्नेछ । साथीभाइले साथ दिनेछन्। धार्मिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

    मीन : बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ। ठग सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर सुरु गरेको काम सफल बन्नेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend