२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा


सञ्चार डबली
  • बुधबार, भदौ ३१ २०८३
  • 2.8K
    SHARES

  • images
    राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा

    काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सिंहदरबार प्लाजास्थित कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा आएको छ । बैंकले भदौ २२ गते सोमबारदेखि नियमित कार्यालय समयका अतिरिक्त थप एक घण्टाका लागि सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा ल्याएको हो । सन्ध्याकालीन काउण्टरबाट चेक भुक्तानी, नगद जम्मा लगायतका सीमित बैंकिङ सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।

    कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा आएसँगै ग्राहकले अब बेलुका ५ बजेदेखि ६ बजेसम्म सीमित बैंकिङ सेवा लिन सक्नेछन् । यो सुविधाले नियमित कार्यालय समयमा सम्पन्न गर्न नसकेका अत्यावश्यक कारोबार पूरा गर्न ग्राहकलाई सहज हुने अपेक्षा गरिएको छ ।

    वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१६ शाखा कार्यालय तथा ३३८ एटिएम टर्मिनलमार्फत ४८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

    बैंकले ग्राहकलाई निक्षेप, कर्जासहित एटिएम, मोबाइल बैंकिङ लगायतका आधुनिक डिजिटल बैंकिङ सेवासमेत उपलब्ध गराउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend