२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

महाधिवेशनमा उत्साहका साथ सहभागी हुन सभापति गगन थापाको आग्रह


सञ्चार डबली
  • बुधबार, भदौ ३१ २०८३
  • 814
    SHARES

  • images
    महाधिवेशनमा उत्साहका साथ सहभागी हुन सभापति गगन थापाको आग्रह

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते हुने वडा अधिवेशनमा कुनै अलमलमा नपरी उत्साहका साथ सहभागी हुन क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई अपिल गरेका छन् ।

    सभापति थापाले संविधान, नेपाली कांग्रेसको विधान र प्रचलित कानुनअनुसार महाधिवेशन प्रक्रिया अघि बढिरहेको बताएका छन् । पार्टीभित्र फरक मत र असमझदारी हुनसक्ने भए पनि संवाद, विधि र पद्धतिबाट समाधान खोज्नु लोकतन्त्रको महत्वपूर्ण पक्ष भएको उनको भनाइ छ ।

    उनले महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध र गतिशील बनाउँदै राष्ट्रिय चुनौती सामना गर्न सक्ने बलियो कांग्रेस निर्माण गर्ने बताएका छन् । वडा तहदेखि केन्द्रसम्मका अधिवेशनमा उच्च मनोबलका साथ सहभागी हुन उनले पार्टीका सबै तहका नेता, सदस्य, समर्थक तथा शुभेच्छुकलाई आग्रह गरेका छन् ।

    पार्टीले २०८२ पुससम्म सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यलाई अधिवेशन प्रक्रियामा सहज सहभागी गराउने निर्णय गरेको थापाले बताएका छन् । उनका अनुसार सदस्यता व्यवस्थापन समितिले सोहीअनुसार सदस्यताको नामावली टुंग्याइसकेको छ भने केन्द्रीय निर्वाचन समितिले अधिवेशन प्रक्रिया अघि बढाइसकेको छ ।

    यसैगरी, विशेष महाधिवेशन सम्पन्न हुनुअघिको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय कार्यसमितिमा समावेश गर्ने व्यवस्था गरिएको उनले बताएका छन् । त्यसैले उनीहरू १५औँ महाधिवेशन प्रक्रियामा केन्द्रीय सदस्यकै रूपमा सहभागी हुने भन्दै कुनै द्विविधामा नपर्न थापाले आग्रह गरेका छन् ।

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौँको खुलामञ्चमा हुने कार्यतालिका छ । असोज ३ गते वडा तहबाट सुरु हुने अधिवेशनलाई सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न उनले सबै तहका कार्यसमिति, पदाधिकारी, सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend