२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

भारतद्वारा अफगानिस्तान ७ विकेटले पराजित


सञ्चार डबली
  • बुधबार, भदौ ३१ २०८३
  • 2.1K
    SHARES

  • images
    भारतद्वारा अफगानिस्तान ७ विकेटले पराजित

    काठमाडौँ । भारतले अफगानिस्तानलाई दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा ७ विकेटले पराजित गर्दै तीन खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।

    दिल्लीमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १५९ रन बनाएको थियो । उसका लागि इब्राहिम जद्रानले ३७ तथा दर्विश रसुलीले २६ रन बनाए । भारतका नितिशकुमार रेड्डीले ३ विकेट लिएका थिए ।

    १६० रनको लक्ष्य भारतले १४.५ ओभरमै ३ विकेट गुमाएर पूरा गर्‍यो । जसमा सञ्जु सामसनले आक्रामक ब्याटिङ गर्दै ५७ रन बनाए भने अभिषेक शर्माले ३९ रनको योगदान दिए । ईशान किशन ३८ रनमा अविजित रहे ।

    भारतले यसअघि पहिलो खेलमा पनि अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । सिरिजको तेस्रो तथा अन्तिम खेल सेप्टेम्बर १७ मा हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend