२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

विश्वकै चर्चित क्लब फुटबल लिग प्रिमियर लिग आजदेखि, दुई च्याम्पियन सिटी र बर्नली भिड्दै


सञ्चार डबली
  • शुक्रबार, साउन २६ २०८०
  • 9.5K
    SHARES

  • images
    विश्वकै चर्चित क्लब फुटबल लिग प्रिमियर लिग आजदेखि, दुई च्याम्पियन सिटी र बर्नली भिड्दै

    २६ साउन, काठमाडौं । विश्वकै चर्चित क्लब फुटबल लिग प्रिमियर लिग आजदेखि सुरु हुँदैछ । पहिलो खेलमा दुई च्याम्पियन टोली म्यानचेष्टर सिटी र बर्नली भिड्दैछन् । सिटी प्रिमियर लिगको साविक विजेता हो भने बर्नली दोस्रो श्रेणीको लिग च्याम्पियनसिपको विजेता बन्दै प्रिमियर लिगमा बढुवा भएको हो । सिटीले बर्नलीको मैदानमा खेल्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ । यो खेल नेपाली समय अनुसार मध्यराति १२:४५ बजे सुरु हुनेछ ।  खेल बर्नलीको मैदान टर्फ मुरमा हुनेछ ।

    गत सिजन अधिकांश समय आर्सनलभन्दा पछि रहेको सिटीले अन्त्यतिर उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको थियो । अर्को संयोग के छ भने खेलाडीका रुपमा सिटीका १० मुख्य उपाधि जितेका बर्नलीका प्रशिक्षक भिनसेन्ट कोम्पनीका लागि प्रशिक्षकको रुपमा पहिलो खेल नै सिटीविरुद्ध हुँदैछ ।

    लिगको पहिलो चरणमा शनिबार ६ खेल हुनेछ । जहाँ आर्सनलले नटिङहम फरेस्टसँग खेल्नेछ । यस्तै बर्नमाउथले वेष्टहमसँग, ब्राइटनले नवप्रवेशी लुटनसँग, एभरटनले फुलहमसँग र सेफिल्ड युनाइटेडले क्रिस्टल प्यालेससँग खेल्नेछ ।

    आइतबार दुई ठूला क्लब चेल्सी र लिभरपुलबीच खेल हुनेछ भने ब्रेन्टफोर्ड  र टोटनहम पनि भिड्नेछन् । सोमबार म्यानचेष्टर युनाइटेडले वल्भ्ससँग खेल्नेछ ।


     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend