२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

भोटेकोशी बाढी प्रभावितहरुका लागि कृषि विकास बैंकका कर्मचारीहरूले दिए १ करोड ५३ लाख बढि सहयोग


सञ्चार डबली
  • मंगलबार, भदौ ३० २०८३
  • 2.3K
    SHARES

  • images
    भोटेकोशी बाढी प्रभावितहरुका लागि कृषि विकास बैंकका कर्मचारीहरूले दिए १ करोड ५३ लाख बढि सहयोग

    भोटेकोशी नदिमा आएको बिनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कृषि विकास बैंक लिमिटेडका कर्मचारीहरूले  आर्थिक सहयोग गरेका छन् ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रबन्धक, विभागीय प्रमुखदेखि सहयोगी कर्मचारीहरूले आफ्नो तलब–भत्ताबाट रकम जुटाई ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा कुल रु. १,५३,९५,०२२ (अक्षरुपी एक करोड त्रिपन्न लाख पन्चानव्वे हजार बाइस रुपैयाँ)  सहयोग गरेका हुन् । 

    बैंकका तर्फबाट सञ्चालक समिति अध्यक्ष टंक प्रसाद पाण्डे र निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले नेपाल सरकारका अर्थमन्त्री माननीय स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बैंकको तर्फबाट उपमहाप्रबन्धक सुशिल हुमागाईं, मार्केटिङ एण्ड सेल्स विभागका विभागीय प्रमुख बीना शर्मा र जनशक्ति व्यवस्थापन विभागका विभागीय प्रमुख अजय रिमालको समेत उपस्थिति थियो ।

    यसअघि पनि कृषि विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा रु. ३ करोड योगदान गरिसकेको छ भने बाढीपीडितहरूका लागि रु. १० लाख बराबरको खाद्यान्न तथा राहत सामग्री प्रत्यक्ष रूपमा हस्तान्तरण गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend