२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि गरिमा विकास बैंक र बैंकका कर्मचारीहरुको तर्फबाट रु. १ करोड १ लाख ११ हजार १ सय ११ सहयोग प्रदान


सञ्चार डबली
  • मंगलबार, भदौ ३० २०८३
  • 2.0K
    SHARES

  • images
    भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि गरिमा विकास बैंक र बैंकका कर्मचारीहरुको तर्फबाट रु. १ करोड १ लाख ११ हजार १ सय ११ सहयोग प्रदान

    काठमाडौं । मिति २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुर्नस्थापनाका लागि गरिमा विकास बैंक र विकास बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरु समेतको तर्फबाट कुल १ करोड १ लाख ११ हजार १ सय ११ सहयोग गन घोषणा गरिएको छ ।

    बाढी पश्चात उत्पन्न कठिन परिस्थितिबाट प्रभावित विभिन्न जिल्लाका नागरिकहरुको उद्धार, राहत तथा पुर्नस्थापना प्रयोजनको लागि कर्मचारीहरुको तर्फबाट एक दिनको तलब तथा भत्ता बराबरको रकम रु १६,२०,५५०/- (अक्षरेपी सोह्र लाख बिस हजार पाँच सय पचास मात्र) र बैंकको तर्फबाट नगद रु ३४,९०,५६१/- (अक्षरेपी चौंत्तिस लाख नब्बे हजार पाँच सय एकछठ्ठी मात्र) समेत जम्मा रकम रु ५१,११,१११/- (अक्षरेपी एकाउन्न लाख एघार हजार एक सय एघार मात्र) प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको छ ।

    साथै, विकास बैंकले प्रभावित क्षेत्रको शिक्षा, स्वास्थ्य तथा नागरिकको पुर्नस्थापना सम्बन्धी कार्यक्रममा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कोषबाट स्थानीय निकायसँगको समन्वयमा थप रु ५०,००,०००/- (अक्षरेपी पचास लाख मात्र) बराबरको प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

    गरिमा विकास बैंक लिमिटेडले यस अकल्पनीय प्राकृतिक विपद्मा परी ज्यान गुमाउनु भएका सम्पूर्ण नागरिकहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ । साथै, घाइते तथा प्रभावित सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुर्नस्थापनाको कामना गर्दै यस विपद्को कठिन घडीमा प्रभावित नागरिक, स्थानीय समुदाय, सरकारी निकाय, सुरक्षा निकाय, गैरसरकारी संस्था तथा सम्पूर्ण सरोकारवालाबीचको सहकार्यबाट राहत, पुर्नस्थापना र पुनर्निमाणका प्रयासलाई थप प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गर्दछौं ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend