२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात १४ अर्ब पुग्यो


सञ्चार डबली
  • मंगलबार, भदौ ३० २०८३
  • 1.1K
    SHARES

  • images
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात १४ अर्ब पुग्यो

    काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ ।

    मंगलबार बिहान ९ बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैंकमा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

    त्यस्तै, कोषका अन्य दुईवटा बैंकमा रहेको डलर खातामा दुई करोड ३७ लाख ६ हजार ५७५ अमेरिकी डलर जम्मा भएको छ ।

    राहत कोषबाट केही दिनअघि रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब निकासा गरिएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend