२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आज २०८३ साल भदौ ३० गते मंगलबारको राशिफल


सञ्चार डबली
  • मंगलबार, भदौ ३० २०८३
  • 2.5K
    SHARES

  • images
    आज २०८३ साल भदौ ३० गते मंगलबारको राशिफल

    काठमाडौँ – २०८३ साल भदौ ३० गते मंगलबार सन् २०२६ सेप्टेम्बर १५ तारिख। भदौ शुक्ल पक्षको चतुर्थी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।     

    मेष : दिन  राम्रो छ। खानपानमा ख्याल गरेमा स्वास्थ्यमा केही सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। हरेक काममा गोपनीयता कायम गर्नुपर्नेछ।

    वृष : दिन सामान्य छ। साथीभाइको साथ सहयोग मिल्नेछ। दाम्पत्य जीवनमा खटपटी हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

    मिथुन : शुभ दिन छ। बोली र व्यवहारमा एकरुपमा हुनु आवश्यक छ। शिक्षाको क्षेत्रमा राम्रो छ। राजनीतिक क्षेत्रमा भने ठगहरुले दुख दिनेछन्। बिहान उठेर पिपलको दर्शन गर्नाले दिन सहज हुनेछ।

    कर्कट : बोलीको प्रभावले काम बन्नेछ । धर्मकर्ममा मन जानेछ। बौद्धिक व्यक्तित्वसँग झुकाव बढ्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। मन शान्त बन्ने दिन छ ।

    सिंह : हिनताबोध हुनेछ। दाजुभाइसँग गरेको सहकार्यमा केही शान्ती मिल्नेछ। अप्रिय खबर आउनसक्छ। पारिवारिक सम्बन्ध भने सहज रहला। शिक्षामा सुधार हुनेछ।

    कन्या : धार्मिक कार्यमा खर्च हुने दिन छ। बन्धुसँगको सहकार्यले मनमा शान्ती मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ सहयोग मिल्ने भएकाले दिन सहज हुनेछ।

    तुला: बोली र व्यवहारमा एकरुपता हुनु आवश्यक छ। शिक्षाको क्षेत्रमा राम्रो छ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ । खर्च गर्दा सचेत हुनुपर्ने दिन छ ।

    वृश्चिक : डुब्न लागेको सम्पत्ति हात लाग्नेछ। मित्र बढ्नेछन्। शत्रुले पनि तपाईको प्रसंसा गर्नेछन्। राजनीतिक क्षेत्रमा भने तपाईको विरुद्ध लाग्नेहहरु सक्रिय हुनेछन।

    धनु : मनमा सानातिना कुराले चिन्ता, व्यवहारमा अड्चन आउन सक्छ। धर्मकर्ममा मन जानेछ। शिक्षामा गरेको तपाईको प्रयास सफल हुनेछ। कुरा काट्नेहरु बढ्ने भएकाले मनमा खटपटी आउनेछ।

    मकर : संचित धन खर्च हुने दिन छ। खर्च बढेपछि इज्जत बढ्ने दिन छ। सामाजिक र राजनीतिक क्षेत्रमा भने अवरोध बढ्नेछ। सतर्क हुनुपर्ने दिन छ।

    कुम्भ : धार्मिक कार्यको सहभागीताले मनमा केही शान्ति मिल्नेछ। दीर्घकालिन योजना बन्नेछन्। व्यापारमा अघि नबढ्नु राम्रो हुनेछ। अनावश्यक यात्रामा खर्च बढ्न सक्छ।

    मीन : शिक्षामा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा समस्या हुने सम्भावना छ।  काम गर्दा सचेत हुन नसके शत्रु बढ्नेछन्।   गणेश भगवानको आरधना गर्नु राम्रो हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend