२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा विश्व शान्ति पुजाको आयोजना


सञ्चार डबली
  • सोमबार, भदौ २९ २०८३
  • 935
    SHARES

  • images
    भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा विश्व शान्ति पुजाको आयोजना

    काठमाडौं । गत भदौ १० गते रसुवा भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरुको सम्झनामा विश्व शान्ति पुजाको सुरुवात गरिएको छ ।

    विश्व शान्ति धाम लुम्बिनी नेपालको आयोजना तथा बौद्धनाथ क्षेत्र विकास समिति र बौद्ध तथा मेलम्ची घ्याङ गुठी व्यवस्थापन समितिको सहकार्यमा काठमाडौंको बौद्धमा तीन दिने विश्व शान्ति पुजा सुरु भएको हो ।

    २१ दिने पुण्यतिथिको अवसर पारेर सोमबारदेखि सुरु गरिएको शान्ति पुजा बुधबारसम्म हरेक दिन बिहान ७ः३० बजेदेखि १० बजेसम्म चल्नेछ ।

    प्रमुख गुरु क्याब्जे श्याल्पा रिन्पोछेको उपस्थितिमा भइरहेको पुजामा भोटेकोशी बाढीमा ज्यान गुमाएका मानव लगायत सम्पूर्ण प्राणीहरुको चित्त विज्ञानको मुक्तिको लागि दिप प्रज्वलन तथा घाइतेहरुको स्वास्थ्य लाभको कामनासहित विश्व शान्ती पुजा आयोजना गरिएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend