२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

किएभदेखि वारसा चल्ने रेलमा रूसी आक्रमण : पोल्यान्ड


सञ्चार डबली
  • सोमबार, भदौ २९ २०८३
  • 2.3K
    SHARES

  • images
    किएभदेखि वारसा चल्ने रेलमा रूसी आक्रमण : पोल्यान्ड

    रुसी ड्रोनले किएभबाट वारसा जाँदै गरेको रेलमा आक्रमण गरेको हमला गरेको छ पोल्याण्डले जानकारी गराएको छ । रेलमा कुनै हताहत भएको छैन ।

    आक्रमणको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुष्टि गरेका छन्। उनले पश्चिमी क्षेत्रहरूमा आक्रमण केन्द्रित भएको बताए । 

    युक्रेनले यो हमला नाटो सदस्य पोल्यान्डको सीमाबाट जम्मा दुई किलोमिटर (१.२ माइल) टाढा भएको र यात्रुबाहक रेलको इन्जिनमा लागेको बताएको छ । 

    जेलेन्स्कीले मस्कोले जानाजानी यो हमला गरेको दाबी गरेको छ । पोल्यान्डले अर्को ड्रोन सीमापारि नजिकै खसेको बताएको छ ।

    नेता जेलेन्स्कीले रुसले युक्रेनका रेल र ऊर्जा सुविधाहरूका साथै ‘सामान्य भवनहरू’ माथि समेत आक्रमण गरेको बताएका छन् । 

    आक्रमणमा देशको पश्चिमी भागलाई बढी लक्षित गरिएको छ। रुसले आफ्नो आक्रमणको पाँचौं वर्षमा आक्रमण तीव्र पारेको छ ।

    “पोल्यान्ड–युक्रेन सीमा नजिक भोलिनमा रुसीहरूले जानाजानी रेलको इन्जिनमा आक्रमण गरेका छन् र ड्रोन आक्रमणमा पेट्रोल पम्पलाई पनि क्षति पुर्याइएको छ,” जेलेन्स्कीले भने । 

    “यिनै आक्रमणहरू युरोपमा अझ फैलिएर नजाऊन् भनेर नै युक्रेनी पुरुष र महिलाहरूले हरेक दिन लड्छन्, ज्यान दिन्छन् र आक्रमण फैल्न दिँदैनन्,” जेलेन्स्कीले थपे । 

    पोल्यान्डको ‘पीकेपी इन्टरसिटी’ रेल सेवाले आक्रमणमा परेको रेल किएभबाट वारसा जाँदै थियो र त्यसमा २०६ यात्री सवार रहेको बताएको छ। 

    दुवै देशले कुनै हताहत नभएको जनाएका छन्। इन्टरसिटीले सेवा छ घण्टाभन्दा बढी ढिलो भएको तर सीमा जाँच पूरा भएपछि वारसा तर्फ अगाडि बढ्ने बताएको छ।

    पोल्यान्डका गृहमन्त्री मार्सिन किएर्विन्स्कीले एउटा ड्रोन दोरोहुस्क–यागोदिन सीमापारि नजिकै खसेको र अर्कोले यात्रुबाहक रेलमा आक्रमण गरेको बताए । 

    किएर्विन्स्कीले भने, “हामी यी घटनाहरूलाई अत्यन्त गम्भीरतापूर्वक लिइरहेका छौँ। स्थिति निरन्तर निगरानीमा छ।” 

    यी आक्रमणहरू अमेरिकाका प्रतिनिधिहरूले मस्को र किएभ दुवैमा गएर वासिङ्टनको नेतृत्वमा युरोपको दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खराब द्वन्द्व अन्त्य गर्न वार्ता पुनर्जीवित गर्ने प्रयास गरेको केही दिनपछि भएका हुन्।

    आइतबार रुसी आक्रमणमा युक्रेनमा कम्तीमा दुई नागरिकको मृत्यु भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend