२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सेनाले चिलिमे आयोजनासम्म बनायो एक हजार ५० मिटर पहुँचमार्ग


सञ्चार डबली
  • आइतबार, भदौ २८ २०८३
  • 1.5K
    SHARES

  • images
    सेनाले चिलिमे आयोजनासम्म बनायो एक हजार ५० मिटर पहुँचमार्ग

    काठमाडौं : भोटेकोशी हिमबाढीले पासाङ ल्हामु मार्ग क्षतिग्रस्त बनाएपछि रसुवामा वैकल्पिक पहुँचमार्ग निर्माण तथा अवरुद्ध सडक खुलाउने काम तीव्र पारिएको छ। नेपाली सेनाको इन्जिनियरिङ टोलीले स्याफ्रुबेँसीदेखि चिलिमे जलविद्युत् आयोजनासम्म भारी उपकरण लैजान सकिने गरी करिब एक हजार ५० मिटर पहुँचमार्ग निर्माण सम्पन्न गरेको छ।

    रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार नुवाकोटदेखि रसुवा सदरमुकाम धुन्चेसम्मको वैकल्पिक मार्ग आंशिक रूपमा सञ्चालनमा आएको छ। धुन्चेदेखि स्याफ्रुबेँसीसम्मको अवरुद्ध सडक खुलाउने काम पनि भइरहेको छ।

    स्याफ्रुबेँसीमा भोटेकोशीमाथि तुइनमार्फत आवतजावत गराउन आवश्यक तयारी अन्तिम चरणमा पुगेको पाण्डेले जानकारी दिए। सडकमार्फत थप उपकरण तथा उद्धार सामग्री पुर्‍याउने कामलाई पनि प्राथमिकता दिइएको छ। नेपाली सेनाका अनुसार चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र खोज तथा उद्धारलाई प्रभावकारी बनाउन छ–छ मिटर लम्बाइका चारवटा ठूला पाइप प्रयोग गरी हिँड्न मिल्ने बाटो तयार पारिँदैछ।

    संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र एक्साभेटर प्रयोग गरी करिब ६५ मिटर लेदो हटाएको छ। सुरुङभित्र थप खोजी तथा उद्धार कार्य जारी छ। यसैबीच रसुवागढी जलविद्युत् आयोजनामा कम्पोजिट क्विक रियाक्सन टिम तथा विदेशी विशेषज्ञसहितको संयुक्त टोलीले खोजी गरिरहेको छ।

    लामटाङ जलविद्युत् आयोजनाको सुरुङको सम्पूर्ण क्षेत्रमा खोजी गर्दा हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ। माथिल्लो त्रिशूली–१ को हाकुबेँसीस्थित अडिट–३ सुरुङ, त्रिशूली थ्री ‘ए’ को पावरहाउस तथा सुरुङ क्षेत्र र त्रिशूली थ्री ‘बी’ आयोजनामा पनि संयुक्त टोलीले खोजी तथा उत्खनन कार्यलाई निरन्तरता दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend