२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल


सञ्चार डबली
  • शनिबार, भदौ २७ २०८३
  • 2.3K
    SHARES

  • images
    एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल

    काठमाडौँ । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) आमनेसामने हुँदै छन् । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा हुने प्रतिस्पर्धा बिहान ७:१५ बजे सुरु हुँदैछ ।

    दुवै टोली दोस्रो पटक एसीसी प्रिमियर कपको उपाधि उचाल्ने दाउमा छन् । सन् २०२३ मा काठमाडौँमा भएको पहिलो संस्करणको फाइनलमा नेपालले युएईलाई नै ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । त्यस्तै, सन् २०२४ को दोस्रो संस्करणमा आयोजक ओमानलाई हराउँदै युएई च्याम्पियन बनेको थियो । यसपटकको विजेता टोलीले मात्र आगामी एसिया कपमा स्थान सुरक्षित गर्ने भएकाले दुवै टोलीका लागि यो भिडन्त निकै महत्त्वपूर्ण मानिएको छ ।

    जारी प्रतियोगितामा नेपालले समूह चरण र सेमिफाइनल गरी पाँचमध्ये चार खेल जितेको छ भने एक खेलमा पराजय व्यहोरेको छ । युएई भने प्रतियोगितामा अपराजित रहँदै फाइनल प्रवेश गरेको टोली हो ।

    एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा नेपाल र युएईबीच हालसम्म १९ पटक प्रतिस्पर्धा भएको छ । जसमध्ये नेपाल ११ खेलमा विजयी भएको छ भने युएईले ८ खेल आफ्नो पक्षमा पारेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend