२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त


सञ्चार डबली
  • शुक्रबार, भदौ २६ २०८३
  • 1.3K
    SHARES

  • images
    अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त

    काठमाडौँ ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई आफ्नो ‘मानवीय मामिला’ सम्बन्धी अवैतनिक सल्लाहकारमा नियुक्त गरेका छन् ।

    भदौ २४ गतेको मन्त्रीस्तरीय निर्णयानुसार पराजुलीलाई आगामी मङ्सिर मसान्तसम्मका लागि उक्त पदमा नियुक्त गरिएको हो । भोटेकोशीमा आएको बाढीपछि अर्थ मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय राहत, उद्धार र पुनर्स्थापनाका कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो अल्पकालीन नियुक्ति गरिएको मन्त्रालयले जनाएको छ ।

    नवनियुक्त सल्लाहकार पराजुलीसँग संयुक्त राष्ट्रसङ्घमा लामो  कार्य अनुभव रहेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा 
    उनको विज्ञता र अन्तर्राष्ट्रिय अनुभव नेपालमा बाढी प्रभावित क्षेत्रको मानवीय सहायता र पुनर्निर्माणमा  उपयोगी हुने विश्वास मन्त्रालयले लिएको छ ।

    अर्थमन्त्री डा. वाग्लेले पराजुलीलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend