२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आईविवीकी ब्यूटी कुमारी सर्राफद्वारा सरकारलाई ५० लाख आर्थिक सहयोग


सञ्चार डबली
  • बिहीबार , भदौ २५ २०८३
  • 1.3K
    SHARES

  • images
    आईविवीकी ब्यूटी कुमारी सर्राफद्वारा सरकारलाई ५० लाख आर्थिक सहयोग

    काठमाडौं । शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रालिले भोटेकोशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ नगद सहयोग गरेको छ ।

    शुभम् हेल्थ केयर नेपालमा गुणस्तरीय अष्ट्रेलियन ब्रान्ड आईविवी अष्ट्रेलियाका डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक हो ।

    शुभम् हेल्थ केयर प्रोडक्ट्सले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले आईविवीका उत्पादन बिक्रीबाट प्राप्त रकममध्ये सहयोग जुटाएको जनाएको छ ।

    आईविवी नेपालकी प्रबन्ध निर्देशक ब्यूटी कुमारी सर्राफले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ५० लाख बराबरको चेक हस्तान्तरण गरेकी हुन् ।

    चेक हस्तान्तरण गर्दै सर्राफले विपद्को समयमा सहयोगी हात बन्न पाएकोमा गौरव महसुस भएको बताइन् । उनले आईविवीका उत्पादन खरिद गर्ने आम उपभोक्ता, रिटेलर तथा डिलरहरूको साथ र विश्वासकै कारण तीन दिनमै ५० लाख रुपैयाँ सहयोग गर्न सम्भव भएको बताइन् ।

    यसैगरी आईविवीका उत्पादन खरिद गरेर उपभोक्ताले दिएको साथबाट नै यो सहयोग सम्भव भएको स्पष्ट पारिन् । ‘हिजोका दिनमा आईविवीका उत्पादन किनिदिएर हामीलाई मुनाफा नभएको भए यो रकम डोनेसन गर्ने हिम्मत हुने थिएन । अहिले तपाईँहरूले नकिनिदिनुभएको भए तीन दिनमै ५० लाख जम्मा पनि हुने थिएन,’ सर्राफले भनिन् ।

    उनका अनुसार पछिल्ला तीन दिनमा उपभोक्ताले आईविवीका सामान खरिद गर्दा खर्च गरेको १०० प्रतिशत रकमलाई आधार बनाएर ५० लाख रुपैयाँ राहत कोषमा जम्मा गरिएको हो ।

    ‘यो डोनेसन आईविवीको मात्र होइन, तपाईँहरूले गर्नुभएको हो । यसमा मामुहरू सबैको हिस्सा छ, रिटेलरको मेहनत छ, डिलरको विश्वास छ। हामीले त्यही विश्वासलाई जोडेर यो सम्भव बनाएका हौँ,’ उनले भनिन् ।

    आईविवीले विपद्का समयमा प्रभावित परिवारलाई सहयोग गर्न आफ्ना उपभोक्ता, रिटेलर तथा डिलर नेटवर्कलाई समेत जोड्दै राहत अभियान सञ्चालन गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend