२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

ग्यास अभावविरुद्ध सडकमै दाउरामा खाना पकाएर विद्यार्थीको विरोध


सञ्चार डबली
  • बिहीबार , भदौ २५ २०८३
  • 1.1K
    SHARES

  • images
    ग्यास अभावविरुद्ध सडकमै दाउरामा खाना पकाएर विद्यार्थीको विरोध

    काठमाडौं । काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएपछि विद्यार्थीहरूले सडकमा दाउराबाट खाना पकाएर सांकेतिक विरोध गरेका छन् । 

    विहिबार अखिल (क्रान्तिकारी) आवद्ध विद्यार्थीहरूले काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसको गेट अगाडि सडकमा नै खाना पकाएर विरोध गरेका हुन् । 

    अखिल क्रान्तिकारीका अध्यक्ष विजय प्रकाश सापकोटाले डेरा गरी बस्ने विद्यार्थी तथा सर्वसाधारणले ग्यास अभाव झेलिरहेको अवस्थामा इन्डक्सन चुल्हो प्रयोग गर्न घरबेटीले नदिने र कोठाभित्र दाउरा बाल्ने विकल्प पनि नरहेको बताएका छन् ।

    उनीहरूले सडकमा नै खाना पकाएर सडकमा नै खाना खाएका थिए । साथै, उनीहरुले सरकार जनताका समस्याप्रति उदासीन रहेको, सुशासनको नारा केवल भ्रम मात्र भएको बताउदै आवश्यकताभन्दा बढी ग्यास भित्रिदा पनि बजारमा चरम अभाव सिर्जना गरी कृत्रिम मूल्यवृद्धि गरिएको आरोप लगाएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend