२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

उद्योगमन्त्री यादवले राजीनामा दिइन्


सञ्चार डबली
  • बिहीबार , भदौ २५ २०८३
  • 1.2K
    SHARES

  • images
    उद्योगमन्त्री यादवले राजीनामा दिइन्

    काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् । उनले आज प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको यादवको सचिवालयले जनाएको छ ।

    पछिल्लो समय उपभोक्ताले ग्यास अभाव झेलिरहँदा समस्या समाधान नगरेको भन्दै मन्त्री यादवको आलोचना बढेको थियो ।

    उनले हिजोमात्र संसदीय समिति बैठकमा ग्यास अभावको दोष उद्योगीलाई थोपर्दै कर्मचारीले समेत आफूलाई साथ नदिएको बताएकी थिइन् ।

    उद्योगीलाई पाता कस्ने र लाइसेन्स खारेज गर्नेसम्मको धम्की दिएपछि व्यवसायीहरूले प्रधानमन्त्रीको कार्यालयमा समेत फोन गरेर उक्त विवादास्पद अभिव्यक्ति फिर्ता नलिए सशक्त आन्दोलन थाल्ने चेतावनी दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend