२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल ओमानलाई हराउँदै फाइनलमा


सञ्चार डबली
  • बिहीबार , भदौ २५ २०८३
  • 2.0K
    SHARES

  • images
    एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल ओमानलाई हराउँदै फाइनलमा

    काठमाडौं । नेपालले उत्कृष्ट बलिङ गर्दै मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा पुगेको छ ।

    नेपालले दिएको १४८ रनको लक्ष्य पछाएको ओमानले २८.१ ओभरमा अलआउट हुदै ६० रन मात्र बनाएको हो ।

    नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले ३-३ विकेट लिए भने ललित राजबंशी र रोहित पौडेलले २-२ विकेट लिएका थिए । त्यस्तै ओमानका लागि जतिन्दर सिंहले सर्बाधिक २५ रन बनाए भने जितेन रमानान्दीले १२ रन बनाए ।

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४५.४ ओभरमा अल आउट हुदै १४७ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ५१ रन बनाए भने बसिर अहमदले ४७ रन बनाएका थिए । त्यस्तै ओमानका बलर जय विराम ओडेदारा र हसनैन शाहले ३-३ तथा मुहमद इमरानले २ विकेट लिएका थिए ।

    यो जितपछि अब नेपालले शनिबार हुने फाइनलमा युएईको सामना गर्ने छ । यो प्रतियोगिता जित्ने टिम आगामी एशिया कप खेल्ने छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend