२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नुवाकोटको देवीघाटमा पुल जडानको काम पूरा


सञ्चार डबली
  • बिहीबार , भदौ २५ २०८३
  • 1.2K
    SHARES

  • images
    नुवाकोटको देवीघाटमा पुल जडानको काम पूरा

    काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले पाँच दिनअघि सुरु गरेको बेलिब्रिज पुल जडानको काम पूरा गरेको छ।

    सेनाको टोलीले निरन्तर खटिएर छोटो समयमै पुल जडानको काम सम्पन्न गरेको हो । नयाँ पुल जडान भएसँगै भोलिदेखि पैदलयात्रीका लागि आवतजावत खुला गरिने भएको छ भने पर्सिदेखि सवारीसाधनसमेत सञ्चालनमा आउने भएका छन् ।

    भोटेकोशीको बाढीले देवीघाटमा रहेको पक्की पुल बगाएपछि नुवाकोट तथा आसपासका क्षेत्रको यातायात सम्पर्क विच्छेद भएको थियो । वैकल्पिक पुल जडान भएपछि स्थानीयवासी, व्यापारी तथा यात्रुलाई आवतजावतमा सहज हुने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend