२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

५.९९ प्रतिशत ब्याजदरमा सिटिजन्स बैंकको घर तथा सवारी कर्जा योजना सार्वजनिक


सञ्चार डबली
  • बुधबार, भदौ २४ २०८३
  • 1.4K
    SHARES

  • images
    ५.९९ प्रतिशत ब्याजदरमा सिटिजन्स बैंकको घर तथा सवारी कर्जा योजना सार्वजनिक

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ५.९९ प्रतिशत वार्षिक स्थिर ब्याजदरमा घर तथा व्यक्तिगत सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको छ ।

    बैंकका अनुसार ‘सजिलो घर कर्जा’मा ५ वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदर कायम रहनेछ । त्यस्तै, व्यक्तिगत सवारीसाधन कर्जामा ३ वर्षसम्म सोही ब्याजदर लागू हुनेछ ।

    स्थिर ब्याजदरको अवधि सकिएपछि भने बैंकको प्रचलित औसत मासिक आधारदरमा १.५५ प्रतिशत प्रिमियम थप गरी ब्याजदर निर्धारण गरिने बैंकले जनाएको छ ।

    यो कर्जा योजनामा सहभागी हुन ग्राहकले नजिकको कुनै पनि सिटिजन्स बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

    बैंकले पछिल्लो समय डिजिटल तथा ग्राहककेन्द्रित बैंकिङ सेवामा विस्तार गरिरहेको जनाएको छ । बैंकले ‘सिटिजन्स जेनजी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।

    त्यस्तै, फ्रिलान्सरलाई लक्षित गरी ‘फ्रिलान्सर सेविङ अकाउन्ट’ तथा फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

    बैंकका अनुसार मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन र सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा पनि उपलब्ध छ । अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकका शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने ‘क्रस बैंक टेलर’ सुविधा पनि सञ्चालनमा रहेको बैंकले जनाएको छ ।

    सिटिजन्स बैंकले ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको जनाएको छ । बैंकका अनुसार हाल २० लाख ६४ हजार ग्राहकले बैंकिङ सेवा लिइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend