२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

जेनजी आन्दोलन सरकारको कार्यशैली सुधारका लागि थियो- अर्जुननरसिंह केसी


सञ्चार डबली
  • बुधबार, भदौ २४ २०८३
  • 528
    SHARES

  • images
    जेनजी आन्दोलन सरकारको कार्यशैली सुधारका लागि थियो- अर्जुननरसिंह केसी

    काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलन सरकार परिवर्तनका लागि मात्रै नभई सरकारको कार्यशैलीमा सुधारका लागि भएको बताएका छन् ।

    बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले जेनजी आन्दोलन संस्कार परिवर्तन, र सरकारको कार्यशैली परिवर्तनका लागि भएको बताएका हुन्।

    उनले भने- 'जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो । संस्कार परिवर्तनको निमित्ति थियो । सरकारको शैली परिवर्तन गर्नका लागि थियो । सुशासनको निम्ति थियो । विधिविहीन र दण्डविहीनताको अन्त्यका लागि थियो ।'

    नेता केसीले देशमा अहिले मलको हाहाकार र ग्यासको हाहाकार भएकै बेला प्रकृति प्रकोपले सबैलाई एकाकार बनाएको बताउदै यस विपद्लाई  एकै ठाउँमा उभिएर समस्या समाधान गर्नुपर्ने बताए ।

    उनले भोटेकोशी बाढीबाट प्रभावितहरूको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारसँग आग्रह गर्दै नुवाकोटमा कनेक्टिभिटी सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend