२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सवारी दुर्घटनामा एकै परिवारका दुई जनाको मृत्यु


सञ्चार डबली
  • बिहीबार , वैशाख ७ २०८०
  • 11.2K
    SHARES

  • सवारी दुर्घटनामा एकै परिवारका दुई जनाको मृत्यु


    काठमाडौं, बैशाख ७ गते । सर्लाहीको लालबन्दीमा भएको सवारी दुर्घटनामा परि महोत्तरी गौशाला बस्ने एकै परिवारका दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा गौशाला न.पा ११ का श्रवणकुमार महतो र मोटरसाईकलमा पछाडि सवार बिक्रम कुमार महतोको घटनास्थलमै ज्यान गएको हो । 

    लालबन्दीबाट रानीगञ्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३९००१ ख ८१५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ३३ प ७५१३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सवारी दुर्घटनाः
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend