२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

चीनबाट चौंथो खेपको राहत सामग्री नेपाल आइपुग्यो


सञ्चार डबली
  • मंगलबार, भदौ २३ २०८३
  • 2.0K
    SHARES

  • images
    चीनबाट चौंथो खेपको राहत सामग्री नेपाल आइपुग्यो

    काठमाडौं । चीनले नेपाललाई उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो खेप मंगलबार काठमाडौं आइपुगेको छ ।

    चीनको जनमुक्ति सेनाको वायुसेनाको वाई–२०ए ठूलो क्षमताको ढुवानी विमानमार्फत मंगलबार दिउँसो राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।

    राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी भएका थिए ।

    चीनबाट आएको पछिल्लो खेपमा मुख्य रूपमा उद्धारका लागि प्रयोग हुने होभरक्राफ्ट, स्टेनलेस स्टिल स्थायी चुम्बकीय बाढी पम्प, अतिरिक्त ब्याट्री, शव राख्ने फ्रिजर तथा सौर्य ऊर्जाबाट सञ्चालन हुने बत्ती रहेका छन् ।

    नेपालमा देखिएको विपद्को अवस्थालाई ध्यानमा राख्दै अत्यावश्यक आवश्यकताअनुसार सामग्री छनोट गरिएको चीनले जनाएको छ ।

    चीनले यसअघि पनि नेपालमा विपद् प्रभावित क्षेत्रमा सहयोग पुर्‍याउन आपत्कालीन राहत सामग्रीका विभिन्न खेप उपलब्ध गराउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend