२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या ५३ सय नाघ्यो


सञ्चार डबली
  • मंगलबार, भदौ २३ २०८३
  • 946
    SHARES

  • images
    भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या ५३ सय नाघ्यो

    काठमाडौँ । भोटेकोशी बाढीपछि सम्पर्कविहीन हुनेको संख्या बढेको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण अहिलेसम्म ५ हजार ३२६ जना सम्पर्कविहीन भएका हुन् ।

    सम्पर्कविहीन रसुवा जिल्लाबाट सम्पर्कविहीन भएका २८६०, रसुवा जिल्लाका नागरिक १३९३, अन्य जिल्लाका नागरिक १२८६ जना, नेपाली सेनाका ४५ जना, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२ जना, सरकारी कर्मचारी २६ जना रहेका छन् । त्यस्तै नुवाकोटका १९८१ र विदेशी पर्यटक ५८७ जना रहेका छन् ।

    त्यस्तै, प्राधिकरणले अहिलेसम्म १३५७ जनाको शव फेला परेको जानकारी दिएको छ । जसमा रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, चितवनमा ३६३, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२३  र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ ।

    प्राधिकरणले अहिलेसम्म १३ हजार ५८३ जनाको उद्धार गरिएको जानकारी दिएको छ ।  प्राधिकरणले बाढीपछि राहत र उद्धारमा हाल २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । जसमा नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार २८७ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना परिचालन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend