२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

रिपु घर्तीले जितिन् महिला बडीबिल्डिङ तर्फको उपाधि


सञ्चार डबली
  • मंगलबार, भदौ २३ २०८३
  • 1.3K
    SHARES

  • images
    रिपु घर्तीले जितिन् महिला बडीबिल्डिङ तर्फको उपाधि

    काठमाडौं । छैठौँ मिस्टर काठमाडौं अन्तर्गत महिला बडीबिल्डिङतर्फ रिपु घर्तीले उपाधि जितेका छिन् ।

    काठमाडौं बडीबिल्डिङ एन्ड फिटनेस एसोसिएसनको आयोजनामा सम्पन्न छैठौँ मिस्टर काठमाडौं बडीबिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप-२०८३ मा विभिन्न सात तौल समूहसहित मेन्स स्पोर्ट्स फिजिक, मेन्स एथलेटिक फिजिक, मेन्स जुनियर, मेन्स मास्टर्स, महिला एथलेटिक फिजिक र महिला बडीबिल्डिङ विधामा प्रतिस्पर्धा भएको थियो ।

    जितसँगै घर्तीले नगद पचास हजार सहित ट्रफी प्राप्त गरेकी छिन् ।

    यस्तै महिला फिजिकतर्फ जुनी राई प्रथम भएकी छिन् भने पुरुष बडीबिल्डिङतर्फ सगेन्द्र सिंह ले ओभरअल उपाधि जितेका छन् । प्रतिस्पर्धामा देश भरका विभिन्न स्थानबाट खेलाडीहरूले सहभागिता जनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend