२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य


सञ्चार डबली
  • मंगलबार, भदौ २३ २०८३
  • 3.1K
    SHARES

  • images
    हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य

    काठमाडौं । हङकङ चाइनाले जारी एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा नेपाललाई २६२ रनको लक्ष्य दिएको छ ।

    मलेसियामा जारी खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै हङकङ चाइनाले ५० ओभरमा ७ विकेट गुमाउदै २६१ रन बनाएको हो ।

    हङकङ चाइनाका लागि बाबर ह्यातले शतकीय पारी खेलेका थिए । उनले अविजित रहदै ११७ रन बनाएका थिए । त्यस्तै शहिद वासिफले ४५ रन बनाए भने एहसान खानले अविजित ३५ रन बनाएका थिए । त्यसैगरि नेपाली बलर सन्दीप लामिछानेले ४ र शेर मल्लले ३ विकेट लिएका थिए ।

    नेपालले यसअघि नै लगातार तीन खेल जितेर सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ भने हङकङ चाइनाका लागि सेमिफाइनलमा पुग्न यो खेल जित्नैपर्ने अवस्था रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend