२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्न सक्नु पर्छ-सुशीला कार्की


सञ्चार डबली
  • मंगलबार, भदौ २३ २०८३
  • 1.8K
    SHARES

  • images
    सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्न सक्नु पर्छ-सुशीला कार्की

    काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जनतालाई सुशासनको अनुभूति गराउन सकिएन भने संसदमा दुई तिहाइ बहुमत हुनुले कुनै अर्थ नराख्ने बताएकी छन् । उनले जेन–जी आन्दोलन एक वर्ष पूरा गरेको सन्दर्भमा यस्तो प्रतिक्रिया दिएकी हुन् ।

    उनले एक वर्षअघि भएको जेन–जी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई सुशासनका लागि स्पष्ट सन्देश दिएको बताइन् । उनले भनेकी छन, ‘राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ । त्यसैले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्न सक्नु पर्छ ।’

    सामाजिक सञ्जालमा लेख्दै कार्कीले एक वर्षअघि आजकै दिन देशको इतिहासमा एउटा पीडादायी घटना भएको उल्लेख गरेकी छन् । उनले नवयुवाले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको मागसहित सडक र डिजिटल सञ्जालबाट आवाज उठाउँदाआवाज दबाउने नाममा निर्दोष नवयुवाको ज्यान लिइएको बताउँदै भनेकी छन्, ‘कयौँ युवाहरूले जीवनभर अपांगताको पीडा बेहोर्नुपर्ने गरी घाइते हुनुपर्‍यो ।’

    उनले घटनामा सहिद भएका सम्पूर्ण योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छन् । घाइतेहरूको स्वास्थ्यलाभको कामना पनि गरेकी छन् ।

    उनले भनेकी छन्, ‘निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति भयो । हाम्रा कयौँ राष्ट्रिय सम्पदा र धरोहर गुमे । राष्ट्रको जीवनमा लागेको यो घाउ सायदै कहिल्यै पुरिनेछ ।’ उनले अब त्यस्तो दिन कदापि दोहोरिन नहुने बताएकी छन् । ‘सुशासन र परिवर्तनका लागि जनता फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन आआफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौँ,’ उनले भनेकी छन् ।

    उनले जेन–जी आन्दोलनबाट भएको ठूलो जनधनको क्षतिको एक वर्ष नपुग्दै भोटेकोसी बाढीको अर्को पीडादायी अवस्थाबाट गुज्रिरहेको बताउँदै अझ बढी धैर्य, जिम्मेवारी र एकताका साथ प्रस्तुत हुनुपर्ने बताएकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend