२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

रसुवाका बाढी प्रभावितलाई ठमेल पर्यटन विकास परिषद्को सहयोग


सञ्चार डबली
  • सोमबार, भदौ २२ २०८३
  • 1.8K
    SHARES

  • images
    रसुवाका बाढी प्रभावितलाई ठमेल पर्यटन विकास परिषद्को सहयोग

    काठमाडौँ / ठमेल पर्यटन विकास परिषद्ले रसुवाका बाढीपीडितलाई राहत सामग्री सहयोग गरेको छ । परिषद्ले गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रत्यक्ष प्रभावित उत्तरगया गाउँपालिका–१ र २ का बासिन्दालाई खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेको हो ।

    परिषद्का अध्यक्ष राजुमान डङ्गोलको नेतृत्वमा गएको टोलीले दुई दिन लगाएर उत्तरगया गाउँपालिका–१ र २ मा पुगेर स्थानीय सरकारको समन्वयमा १२० घरधुरीलाई राहत सामग्री वितरण गरेको हो । 

    अध्यक्ष डङ्गोलले प्रभावित परिवारको तत्कालको गर्जो टार्न सहयोग पुगोस् भन्ने उद्देश्यले राहत वितरण गरिएको बताए । 

    परिषद्ले १२५ बोरा चामल, १५० किलोग्राम दाल, १०० लिटर तेल, १७५ किलोग्राम नुन, ५० किलोग्राम सोयाबिन र ७५ किलोग्राम चिउरा सहयोग गरेको छ । यस्तै, चाउचाउ, बिस्कुट तथा जुससमेत वितरण गरिएको छ ।

    लत्ताकपडातर्फ ३७० थान तयारी पोसाक (टिसर्ट, पाइन्ट, ज्याकेट र साडी), २०० जोर जुत्ता, २०० जोर चप्पल, ५२ थान सिरक, १६ थान डसना, २० थान ब्ल्याङ्केट र ८५ थान सिरानी सहयोग गरिएको परिषद्का महासचिव पशुपति कँडेलले जानकारी दिए । 

    त्यस्तै, भान्छाका सामग्रीअन्तर्गत १०० थान थाल, १०० थान गिलास, प्रेसर कुकर, कराई र चम्चा तथा स्वास्थ्य तथा सरसफाइका सामग्रीमा जीवनजल, औषधि, ब्यान्डेज, स्यानिटरी प्याड र ट्वाइलेट पेपर वितरण गरिएको महासचिव कँडेलले बताए । 

    पर्यटन क्षेत्रको अग्रणी संस्था ठमेल पर्यटन विकास परिषद्ले सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपत्तिको समयमा सहयोग गर्दै आएको जनाएको छ । 

    यसपटक पनि रसुवाका बाढीपीडितलाई राहत उपलब्ध गराएर उनीहरूको पीडामा सहयोग गर्ने प्रयास गरिएको परिषद्ले जनाएको छ ।

    राहत वितरणका लागि अध्यक्ष डङ्गोलसहित प्रथम उपाध्यक्ष राजीव पाण्डे, द्वितीय उपाध्यक्ष दावा तामाङ, महासचिव पशुपति कँडेल, सचिव दिलिप कँडेल, कोषाध्यक्ष किन्चु ल्हामु भुटिया श्रेष्ठ, सदस्य विश्वमान प्रधानलगायतको टोली रसुवा पुगेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend