२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

अमेरिकाको मियामीमा कार्गो विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु


सञ्चार डबली
  • सोमबार, भदौ २२ २०८३
  • 1.6K
    SHARES

  • images
    अमेरिकाको मियामीमा कार्गो विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु

    काठमाडौँ । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बोइङ ७६७ कार्गो विमान धावनमार्गबाट बाहिरिएर केही सवारीसाधनमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा पाँच जना घाइते भएका छन्, जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

    अमेजन एयरका लागि सञ्चालनमा रहेको विमान धावनमार्गबाट बाहिरिएपछि आगलागी भएको थियो । उद्धारका लागि ६० भन्दा बढी दमकल तथा २०० भन्दा बढी आपत्कालीन कर्मचारी परिचालन गरिएको थियो ।

    विमान पोर्टो रिकोको सान हुआनबाट मियामी पुगेको थियो । दुर्घटनाको कारण खुलेको छैन । अमेरिकी उड्डयन प्रशासन र राष्ट्रिय यातायात सुरक्षा बोर्डले घटनाको अनुसन्धान थालेका छन् ।

    दुर्घटनापछि विमानस्थलका केही धावनमार्ग बन्द हुँदा १६० भन्दा बढी उडान रद्द भएका थिए भने करिब ३२५ उडानमा ढिलाइ भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend