२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

गगन थापा र शेखर कोइरालाबीच भेटवार्ता


सञ्चार डबली
  • आइतबार, भदौ २१ २०८३
  • 1.2K
    SHARES

  • images
    गगन थापा र शेखर कोइरालाबीच भेटवार्ता

    नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच आइतबार भेटवार्ता भएको छ । दुई नेताबीच भएको भेटवार्तामा कांग्रेसभित्र देखिएको आन्तरिक समस्या समाधानका विषयमा छलफल भएको हो ।

    भेटका क्रममा नेता कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेको भन्दै यस्तो अवस्थामा कांग्रेस पार्टी एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

    उनले पार्टी एकताका लागि आफ्नो तर्फबाट आवश्यक त्याग गर्न आफू तयार रहेको स्पष्ट पारेका छन् । जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताको पक्षमा रहेको बताएका थिए ।

    भेटवार्तामा पार्टीभित्रको आन्तरिक समस्या समाधान गर्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा समेत छलफल भएको जनाइएको छ ।

    यसैगरी दुई नेताबीच यही भदौ १० गते बुधबार नेपाल–चीन सीमा रसुवामा आएको विनाशकारी बाढी र त्यसपछि रसुवा, नुवाकोट तथा धादिङको पछिल्लो अवस्थाबारे पनि छलफल भएको थियो ।

    बाढीबाट प्रभावित तीन जिल्लाको अवस्था, राहत तथा पुनर्स्थापनाका काम र त्यसतर्फ पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा समेत उनीहरूबीच कुराकानी भएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend