२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

अस्ट्रेलियामा जारी एकदिवसीय सिरिजमा नेपाल ए टिम  न्यूजील्याण्ड ए सँग २ विकेटले पराजित


सञ्चार डबली
  • आइतबार, भदौ २१ २०८३
  • 2.2K
    SHARES

  • images
    अस्ट्रेलियामा जारी एकदिवसीय सिरिजमा नेपाल ए टिम  न्यूजील्याण्ड ए सँग २ विकेटले पराजित

    काठमाडौँ । नेपाल ए टिमले अस्ट्रेलियामा जारी एकदिवसीय सिरिजमा लगातार तेस्रो हार बेहोरेको छ । नेपाल ए आइतबार सम्पन्न खेलमा न्यूजील्याण्ड ए सँग २ विकेटले पराजित भएको हो ।

    नेपाल ए ले दिएको २१२ रनको लक्ष्य पछाएको न्यूजील्याण्ड ए ले ४९.५ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि नेपाल ए ले पहिला ब्याटिंग गर्दै ५० ओभरमा २११ रन बनाएको थियो ।

    नेपाल ए का पवन सराफले सर्बाधिक ६१ रन बनाएका थिए भने लोकेश बमले ४७, कप्तान अनिल कुमार शाहले २४, मयन यादवले २० रन बनाएका थिए । त्यस्तै न्यूजील्याण्ड ए का बलर माट फिसरले सर्बाधिक ४ विकेट लिएका थिए भने काटेन क्लार्क र आदि अशोकले २-२ विकेट लिएका थिए ।

    योसँगै नेपाल ए टिमको अस्ट्रेलिया टूर सकिएको छ । नेपाल एले यसअघि खेलेका दुवै खेलमा साउथ अस्ट्रेलिया र तासमानियासँग हार बेहोरेको थियो । त्यसअघि नेपाल ए ले टप एन्ड सिरिज खेलेको थियो । सिरिजमा नेपालले खेलेका ६ खेलमा २ खेल जितेको थियो भने ४ खेलमा हार बेहोरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend