बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ।
सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार आनन्द श्रेष्ठको घर बाढीले पुरिएपछि त्यसबाट ती महिलाको जीवितै उद्धार गरिएको हो।
पछिल्लो समय त्रिशूली नदी आसपासका क्षेत्रमा जारी उद्धार अभियानका क्रममा लगातार मानिसहरूलाई जीवितै उद्धार गरिएको छ। यसअघि नेपाली सेनाले अपर त्रिशूली–१ को सुरुङबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार गरेको छ।
त्यस्तै, हिजो त्रिशूली–३ ए को सुरुङबाट पनि दुई जनाको जीवितै उद्धार गरिएको थियो। बाढी र पहिरोका कारण सुरुङ तथा घरहरूमा फसेकाहरूको खोजी र उद्धार कार्य जारी छ।



