२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सांग्रिला डेभलपमेन्ट बैंकको सीइओमा रबिन सिजापति नियुक्त


सञ्चार डबली
  • शुक्रबार, भदौ १९ २०८३
  • 1.2K
    SHARES

  • images
    सांग्रिला डेभलपमेन्ट बैंकको सीइओमा रबिन सिजापति नियुक्त

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रबिन सिजापति नियुक्त भएका छन् ।

    बैंकको आज बिहान बसेको सञ्चालक समितिको बैठकले सिजापतिलाई नयाँ सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

    यसअघिका सीइओ सुयोग श्रेष्ठको कार्यकाल बिहीबारदेखि समाप्त भएपछि बैंकले नयाँ सीइओ नियुक्त गरेको हो ।

    नवनियुक्त सीइओ सिजापतिलाई बैंकको उच्च व्यवस्थापन टोलीले शुक्रबार नै कार्यालयमा स्वागत गरिसकेको छ ।

    सिजापति यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा वरिष्ठ नायब महाप्रबन्धकका रूपमा कार्यरत थिए । डेपुटी सीइओसरहको उक्त पदबाट उनले असार मसान्तदेखि लागू हुने गरी राजीनामा दिएका थिए ।

    सिजापति सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकहरूमध्ये एकसमेत हुन् । बैंकमा आफैंले लगानी गरेका सिजापतिले अब आगामी चार वर्ष बैंकको व्यवस्थापकीय नेतृत्व सम्हाल्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend