२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

त्रिशूली-३ ए मा उद्धार कार्य जारी रहँदा एक शव निकालियो


सञ्चार डबली
  • शुक्रबार, भदौ १९ २०८३
  • 1.3K
    SHARES

  • images
    त्रिशूली-३ ए मा उद्धार कार्य जारी रहँदा एक शव निकालियो

    काठमाडौं । माथिल्लो त्रिशूली-३ ए जलविद्युत् आयोजनाको सुरुङमा उद्धार कार्य जारी रहेको छ 

    दुई जनाको जीवितै उद्धार पछि एक जनाको शव फेला परेको उद्धारकर्मीहरूले जनाएका छन् ।शवको पहिचान हुन भने बाँकी रहेको छ ।

    आयोजनाको सुरुङबाट नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तथा नेपाल विद्युत प्राधिकरणसमेतको उद्धार टोलीले दुई जनालाई जीवितै उद्धार गरेको थियो । उद्धार भएका विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कवीर महर्जनको काठमाडौंस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको सेनाले जनाएको छ।

    माथिल्लो त्रिशूली थ्री–ए परियोजनामा सुरुङभित्र रहेको विद्युत् गृहमा ४२ जना इन्जिनियर तथा कर्मचारीहरू फसेको अनुमान नेपाल विद्युत् प्राधिकरणको छ । त्यसमध्ये सबैभन्दा धेरै मानिसहरू विद्युत् गृहमा नै रहेको अनुमान छ ।

    उद्धारस्थलमा सुरुङको मुख्यद्वारमा पहाड खसेर थिनिएको भएपनि सुरुङ भित्र भने त्यस्तो असहज अवस्था नरहेको उद्धारस्थलबाट नेपाली सेनाका प्रमुख सेनानी गंगा बरालले जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend