२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एनभिडियाले नेपालका बाढीपीडितलाई १ करोड डलर सहयोग गर्ने


सञ्चार डबली
  • शुक्रबार, भदौ १९ २०८३
  • 1.3K
    SHARES

  • images
    एनभिडियाले नेपालका बाढीपीडितलाई १ करोड डलर सहयोग गर्ने

    काठमाडौँ । विश्वकै मूल्यवान एआई कम्पनीमध्ये एक एनभिडिया (NVIDIA) ले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १ करोड अमेरिकी डलर सहयोग गरेको छ । हालको विनिमय दरअनुसार उक्त रकम करिब डेढ अर्ब रुपैयाँभन्दा बढी हुन्छ ।

    नेपाललाई विपद्को समयमा ठूलो सहयोग गरेकोमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन ह्वाङप्रति धन्यवाद व्यक्त गरेका छन् ।

    एनभिडियाको यस सहयोगसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संकलित रकम १० अर्ब रुपैयाँभन्दा बढी पुगेको जनाइएको छ। संकटको समयमा प्राप्त यो सहयोगले बाढी प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनामा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend