२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

भोटेकोशी बाढी अपडेटः  मृत्यु हुनेको संख्या १ हजार २९० पुग्यो, अझै ४ हजार ७९८ जना बेपत्ता


सञ्चार डबली
  • शुक्रबार, भदौ १९ २०८३
  • 1.6K
    SHARES

  • images
    भोटेकोशी बाढी अपडेटः  मृत्यु हुनेको संख्या १ हजार २९० पुग्यो, अझै ४ हजार ७९८ जना बेपत्ता

    काठमाडौं । भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९० पुगेको छ ।

    नेपाल प्रहरीले दिएको पछिल्लो विवरणअनुसार बाढीमा परी मृत्यु भएकामध्ये ३४ जना बालक, ४५ जना बालिका, २५० जना महिला र ४२७ जना पुरुषको शव फेला परेको छ ।

    यस्तै, ५३२ जनाको आंशिक अंग फेला परेको प्रहरीले जनाएको छ । अस्पतालमा उपचारका क्रममा थप २ जनाको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार अहिलेसम्म १ हजार १४३ जना मृतक र ७१९ जना आफन्तको डीएनए नमुना संकलन गरिएको छ । डीएनए परीक्षणमार्फत पहिचानको प्रक्रिया अघि बढाइएको छ ।

    बाढीपछि स्वदेशी तथा विदेशी गरी अझै ४ हजार ७९८ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend