२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

हदबन्दीमा परेको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा


सञ्चार डबली
  • बुधबार, भदौ १७ २०८३
  • 1.7K
    SHARES

  • images
    हदबन्दीमा परेको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीमा हदबन्दीका कारण सार्वजनिक प्रयोजनका लागि छुट्याइएको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

    आयोगका अनुसार साविक भुजौली गाउँ पञ्चायत–९(ख) का विभिन्न कित्ता नम्बरको जग्गा तत्कालीन जग्गाधनी स्वर्गीय सुर्जा मिश्राइनले विसं २०२२ मै हदबन्दीमा परेको भन्दै कालीजी मन्दिरलाई दान गरेकी थिइन्। ती जग्गामा हाल पनि कालीजी र शिवजीका मन्दिर रहेका छन् भने स्थानीय समुदायले लामो समयदेखि पूजा तथा संरक्षण गर्दै आएको आयोगको अनुसन्धानबाट खुलेको छ ।

    तर उक्त जग्गा पछि पर्वतराज कान्त मिश्रको नाममा दर्ता गरी नागरिक उड्डयन प्राधिकरणको नाममा नामसारी गरेर सरकारी मुआब्जा रकम प्राप्त गर्ने प्रयास भएको आयोगको आरोप छ। हदबन्दीमा परी सार्वजनिक भइसकेको जग्गालाई पुनः व्यक्तिको नाममा दर्ता गर्ने कार्य कानुनविपरीत रहेको आयोगले जनाएको छ ।

    यस प्रकरणमा मालपोत कार्यालय भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य, नायब सुब्बा लक्ष्मणप्रसाद न्यौपाने, नायब सुब्बा अजितकुमार साहनी (चाई) र तत्कालीन खरिदार मेघबहादुर भुजेल मगर विरुद्ध जनही ४ करोड ५३ लाख ४१ हजार ८ सय रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरिएको छ ।

    त्यस्तै, जग्गाधनी पर्वतराज कान्त मिश्रलाई मुख्य कसुरदारहरूलाई गैरकानुनी लाभ दिलाउने कार्यमा मतियार भएको आरोप लगाइएको छ । उनीविरुद्ध पनि ४ करोड ५३ लाख ४१ हजार ८ सय रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदारसरह कैद तथा जरिवाना र सम्बन्धित जग्गा जफत गर्न मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend