२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

संकटको घडीमा दृढ संकल्पका साथ जनताको जीवन रक्षामा लडिरहेका छौँ: प्रधानमन्त्री बालेन्द्र शाह


सञ्चार डबली
  • बुधबार, भदौ १७ २०८३
  • 1.9K
    SHARES

  • images
    संकटको घडीमा दृढ संकल्पका साथ जनताको जीवन रक्षामा लडिरहेका छौँ: प्रधानमन्त्री बालेन्द्र शाह

    काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै भोटेकोशीमा आएको भिषण बाढीपछि सरकार दृढ संकल्पका साथ जनताको जीवन रक्षाका लागि निरन्तर खटिरहेको बताएका छन्।

    बुधबारको संसद् बैठकमा बाढीपछिको अवस्थाबारे जानकारी गराउँदै प्रधानमन्त्री शाहले भदौ १० गतेको विपद्‌पछि राहत, खोज तथा उद्धार कार्यलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गरिएको स्पष्ट पारे। बाढीको दोस्रो दिन नै आफू स्वयम् नुवाकोट पुगेर प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको जानकारी उनले दिए।

    प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा हुने क्रम जारी रहेको र हालसम्म रु. ७ अर्ब ८८ करोड ५७ लाख सङ्कलन भइसकेको छ। यस संकटको घडीमा अन्तर्राष्ट्रिय विकास साझेदार तथा मित्रराष्ट्रहरूबाट पनि उल्लेख्य सहयोग प्राप्त भइरहेको उनले संसद्‌मा जानकारी गराए।

    प्रभावित क्षेत्रमा सेवा पुनःस्थापनाका प्रयासबारे बोल्दै उनले टेलिकम तथा सञ्चार सेवा ९६ प्रतिशत पुनर्स्थापित भइसकेको बताए। यस्तै रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा वैकल्पिक प्रणालीमार्फत विद्युत आपूर्ति सुरु भइसकेको र अन्य स्थानमा पनि क्रमशः विद्युत सेवा सहज बनाइँदै लगिने प्रतिबद्धता व्यक्त गरे। बाढीले क्षति पुर्‍याएका पुलहरूको सम्भाव्यता अध्ययन सुरु भइसकेको र छिट्टै बेलिब्रिज निर्माण गरी यातायात सञ्चालन गरिने उनको भनाइ थियो।

    सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले यो विपद् अनुमानभन्दा बाहिरको र मानव सभ्यताकै ठूलो सङ्कट भएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण परेको असरबारे सजग भई यसविरुद्ध अन्तर्राष्ट्रिय मञ्चहरूमा सशक्त रूपमा आवाज उठाउने बताए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend